Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

मुलुकको गुणात्मक ढंगले परिवर्तन आवश्यक : अध्यक्ष ओली

मुलुकको गुणात्मक ढंगले परिवर्तन आवश्यक : अध्यक्ष ओली

  • 151
    SHARES
  • मुलुकको गुणात्मक ढंगले परिवर्तन आवश्यक : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढंगले परिवर्तन आवश्यक रहेको बताएका छन् ।

    images

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको अहिले संख्यात्मक रूपमा मात्र परिवर्तन भएकोले गुणात्मक परिवर्तन आवश्यक रहेको बताए ।

    उनले गुणात्मक परिवर्तनका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए ।

    उनले भने, ‘यथार्थमा अहिलेसम्म नेपालको परिवर्तन केही मात्रामा गुणात्मक नभए पनि सङ्ख्यात्मक परिवर्तन मात्रात्मक रूपमा मात्र भएको छ । मुलुकमा शासक फेरिएका छन् ।  प्रणाली अलिकति फेरिए जस्तो भएको छ । खासमा प्रणाली उस्तै उस्तै देखिएको छ ।’

    मुलुकलाई सकारात्मक सोचसहित परिवर्तनतिर लैजान खोजे पनि बिथोलिएको उनको भनाइ छ । अध्यक्ष ओलीले जनसाहित्यबाट अन्धविश्वास, कुरीति, अन्याय, असत्य, भेद्भाव र शोषण भत्काउन शब्दवाणमा गति दिनुपर्ने बताए ।

    संघीत कला, साहित्य भनेको बेग्लै संवेदना र भाव रहने भन्दै यसले बेग्लै खालको असर पार्ने बताए । नेपाल धर्ती ज्ञान, सभ्यता, संघीत, कला साहित्य शिक्षाको सुरुआत भएको उनको भनाइ छ ।

    उनले मुलुक राजनीतिकरूपमा अस्थिर र अन्योल रहेको बेला सामाजिकरूपमा अगाडि बढ्ने ठाउँ नभएको स्पष्ट पारे ।

    नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको भन्दै पूर्वजले हजार वर्ष लगाएर मूल्यमान्यता विकास गरेर स्थापित गरेको उनको भनाइ छ ।

    उनले अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology