Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेतृत्वको गलत निर्णयले कांग्रेसप्रति निराशा बढ्याे : गगन थापा

नेतृत्वको गलत निर्णयले कांग्रेसप्रति निराशा बढ्याे : गगन थापा

  • 124
    SHARES
  • नेतृत्वको गलत निर्णयले कांग्रेसप्रति निराशा बढ्याे : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

    images

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको भन्दै पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका हुन् ।

    उनले तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए । अहिले कांग्रेस पहिलो पार्टी भए पनि कार्यकर्ता तहमा निराशा चुलिएको थापाको भनाइ छ ।

    उनले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा संकट देखापरेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भएपनि कांग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे ।

    उनले नेतृत्वले ठिक ढंगले काम गर्न नसक्दा कार्यकर्ताहरुले पनि सही तवरले काम गर्न नसकेको यथार्थलाई अन्त्य गर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology