Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : अध्यक्ष केसी

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : अध्यक्ष केसी

  • 149
    SHARES
  • नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : अध्यक्ष केसी

    काठमाडौं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

    images

    बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए । ‘बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन’, अध्यक्ष केसीले भने ।

    चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको जानकारी दिए ।

    अध्यक्ष केसीले भने, ‘एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology