Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सहयोग गर्न चीन तयार छ : अग्नि सापकोटा

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सहयोग गर्न चीन तयार छ : अग्नि सापकोटा

  • 173
    SHARES
  • शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सहयोग गर्न चीन तयार छ : अग्नि सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

    images

    शुक्रबार चीन भ्रमण सकेर फर्किएको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिमण्डलको पत्रकार सम्मेलन गर्दै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताए ।

    ‘चीन र नेपालको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन निकै नै चासो देखाएको छ । नेपालमा असल मित्रको हैसियतले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयाे । सबै कुरा खुलस्त भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो,’उनले भने ।

    जेठ ५ गते १० दिने भ्रमणका लागि गएका माओवादी केन्द्रमा प्रतिनिधिमण्डल १६ गते नेपाल फर्किएको हो ।

    चीन भ्रमण नेपालको लागि निकै नै फलदायी भएको उनको भनाइ छ । उनले चीन पञ्चशील सिद्धान्त,संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रतिवद्ध रहको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology