Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

  • 93
    SHARES
  • किसानलाई राहत दिन समावेशी आयोगको सिफारिश

    काठमाडौं । राष्ट्रिय समावेशी आयोगले किसानसँग सम्बन्धित अनुदान र राहतजस्ता विषयमा नेपाल सरकार समक्ष नीतिगत सिफारिश गरेको छ ।

    images

    आयोगले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार किसानको वर्गीकरण गर्न, अनुदान, कर छुट, सहुलितपूर्ण कर्जा, कृषि औजारको उपलब्धता, रसायनिक मलमा जस्तै प्रांगारिक मलमा पनि उत्पादकलाई अनुदान दिन सिफारिश गरिएको हो ।

    आयोगका कार्यबाहक अध्यक्ष विष्णुमाया ओझाले रैथाने बीउ, बिरुवाको संरक्षण र प्रवद्र्धन, वैदेशिक कृषि प्रवर्द्धन, नश्ल जातीको अध्ययनलगायतमा सुझाव दिइएको बताए ।

    आयोगले कृषि तथा पशुपक्षी मन्त्रालयलाई दिएको सिफारिशमा कृषि ऐन ल्याउन, कृषिसम्बन्धी निित निर्माणमा किसानको सहभागिता गराउन पनि भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # किसान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology