Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कांग्रेसको घोषणापत्रलाई उच्च प्राथमिकता दिँदै गण्डकी सरकारले नीति तथा कार्यक्रम ल्याउँदै 

कांग्रेसको घोषणापत्रलाई उच्च प्राथमिकता दिँदै गण्डकी सरकारले नीति तथा कार्यक्रम ल्याउँदै 

  • 700
    SHARES
  • कांग्रेसको घोषणापत्रलाई उच्च प्राथमिकता दिँदै गण्डकी सरकारले नीति तथा कार्यक्रम ल्याउँदै 

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको वैकल्पिक सरकारले सोमबार अपराह्न नीति तथा कार्यक्रम ल्याउनृ भएको छ । नेपाली कांग्रेसको घोषणापत्रलाई उच्च प्राथमिकता दिएर अपराह्न तीन बजे प्रदेशसभामार्फत सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । 

    images

    सरकारलाई असार १ गते बजेट ल्याउनुपर्ने समयसीमा छ । बजेट ल्याउनुअगाडि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले जेठको अन्तिम दिनमा गण्डकी सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको हो । 

    यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले १५ दिनअगाडि नै प्रि-बजेट छलफल गरिसकेको छ । वैकल्पिक सरकार गठन भएको ३ दिनमै नीति तथा कार्यक्रम र बजेट तयार पार्नु पर्ने कार्यव्यस्तता पोखरेल नेतृत्वको सरकारलाई छ । 

    ‘सरकार गठन भएको ३ दिनमै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले छलफललाई तीव्रता दिएका छौं । कार्यक्रम र बजेटमा सबै साथीहरुको सुझावलाई समेट्नका लागि विज्ञसहितको टोली खटिएको छ,’ मुख्यमन्त्री पोखरेलले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology