Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

देउवा-नेपाल-प्रचण्ड भेटमाथि थापाको टिप्पणी- एमाले सिध्याउन उहाँहरूको घरदैलो चलिरहेको छ

देउवा-नेपाल-प्रचण्ड भेटमाथि थापाको टिप्पणी- एमाले सिध्याउन उहाँहरूको घरदैलो चलिरहेको छ

  • 666
    SHARES
  • देउवा-नेपाल-प्रचण्ड भेटमाथि थापाको टिप्पणी- एमाले सिध्याउन उहाँहरूको घरदैलो चलिरहेको छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले सिध्याउनका लागि विपक्षी गठबन्धनका नेताहरू लागिपरेको आरोप लगाएका छन् ।

    images

    नेकपा एमालेबाट १० जेठमा निष्काशित वरिष्ठ नेता माधव नेपालको निवासमा सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भेटलाई थापाले एमाले सिध्याउनका लागि गरिएको भेटका रूपमा अर्थ्याएका छन् ।

    सत्तारुढ एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धन बनाएर सक्रिय यी नेताले एमाले सिध्याउन नै बारम्बार घरदैलो गरिरहेको थापाको टिप्पणी छ । 

    adhavprachandadeuwa.jpg

    ‘यो तस्बिरले मान गरेछ कि अपमान ? कोटेश्वरमा देउवा-प्रचण्ड र उपेन्द्र !,’ एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले ट्वीटरमा लेखेका छन्, ‘एमाले सक्याउन नै उहाँहरूको यो घरदैलो चलिरहेको छ । तर बुझ्ने महाशयले नबुझिदिएपछि कसको के लाग्छ र ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology