काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक आयोगहरू सरकारको कठपुतली बनेको जिकिर गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) का दुवै अध्यक्षमध्ये एकले अर्कालाई कारबाही गरेर निर्वाचन आयोगसमक्ष निवेदन दर्ता गरे पनि आयोगले सरकारको दवावमा परेर जसपाका दुवैपक्षका नेतालाई कारबाही गरेको सूचना नदिएपछि श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।
१८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्दै पार्टीबाट निष्काशित गरेलगत्तै ठाकुरले पनि यादवलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए । तर,आयोगले दुवै पक्षका नेताले दाबी गरेको कारबाहीको प्रमाण बलियो नभएको घोषणा गरेपछि जसपा औपचारिक रूपमा एकढिक्का रहँदै आएको छ ।
श्रेष्ठले नेकपा फुटेपछि आफूहरूलाई सूर्य चिह्न दिने बेलामा आयोगले यस्तै हठ गरेको आरोप लगाएका छन् । सरकारको विपक्षमा रहेको माओवादी केन्द्रका नेता श्रेष्ठ पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजीरहेका छन्, यसैले श्रेष्ठले पनि यादवपक्षले चाहेजस्तै ठाकुर पक्षको कारबाहीको अपेक्षा राख्दै ट्वीटरमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।+
— NKShresthaPrakash (@nksthaprakash) June 15, 2021
श्रेष्ठको यस्तो धारणा बाहिरिनेबित्तिकै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले श्रेष्ठले त्यसको प्रतिवाद गरेका छन् ।
अदालत, निर्वाचन आयाेग लगायत संवैधानिक आयाेगहरूलाई के के गराउनुपर्ने हाे, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हाे कि ? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्याे, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें । https://t.co/5zxyU0uNX5
— Surya Thapa (@ThapajiSurya) June 15, 2021
सत्तारुढ एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले संवैधानिक आयोग सरकारको कठपुतली बनेको हो भने स्वतन्त्र रुपमा काम गर्न के गर्नुपर्छ भन्दै श्रेष्ठसँग सुझाव मागेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology