वेबटिभी खबर
काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६-६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो । नेपालले आगामी असार २ गते बंगलादेशसँग तेस्रो खेल खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij