Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आजदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता

आजदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता

  • 222
    SHARES
  • आजदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता

    काठमाडौं । जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु भएको छ । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन सुरु भएको हो ।

    केही जिल्लाले अस्ति शुक्रवारदेखि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण थालेका पनि धेरै जिल्लाले आजदेखि सुरु गर्ने गृह मन्त्रालयले जनाएको छ । जन्मसिद्धका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने स्पष्ट व्यवस्था ऐनमा भएकाले नियमावली पर्खन नपर्ने गृह मन्त्रालयको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नागरिकता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij