Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भूकम्पपछि विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियरहरू आन्दोलनमा 

भूकम्पपछि विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियरहरू आन्दोलनमा 

  • 575
    SHARES
  • भूकम्पपछि विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियरहरू आन्दोलनमा 

    काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब इन्जिनीयरले काम रोकी विरोध सुरु गरेका छन् ।

    images

    शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो ।

    असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए ।

    सघंर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

    सबै कर्मचारीलाई पुनस्र्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ । सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनियर र सब इन्जिनियरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ ।

    जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए । थप संघर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उनले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology