Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

‘सामाजिक अभियन्ता’ भनिने संग्रौलाले प्रहरी धम्क्याएपछि आयोगमा पर्यो उजुरी, कारबाही गर्ने तयारी 

‘सामाजिक अभियन्ता’ भनिने संग्रौलाले प्रहरी धम्क्याएपछि आयोगमा पर्यो उजुरी, कारबाही गर्ने तयारी 

  • 3.6K
    SHARES
  • ‘सामाजिक अभियन्ता’ भनिने संग्रौलाले प्रहरी धम्क्याएपछि आयोगमा पर्यो उजुरी, कारबाही गर्ने तयारी 

    काठमाडौं । आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरीमाथि गरेको गालीगलौजको छानविन हुने भएको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको छानबिन सुरु भएको छ ।

    images

    संग्रौलाले ‘मधेसका रहेछौं उतै गएर काम गर्नु, सजिलो पनि हुन्छ, म जसरी पनि सरुवा गरेरै देखाइदिन्छु,’ भन्दै (असई) झालाई धम्की दिएकी थिइन् ।उनको उक्त अभिव्यक्तिविरुद्ध मधेसी आयोगमा बुधबार उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो । आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत सूचित गराइसकेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट अनौपचारिक रुपमा सुचना आइसकेको र लिखित जानकारी आएपछि छानबिन सुरु गरिने बताए । बुधबार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका कर्मचारी दीपेन्द्र यादवले बताए ।

    निषेधाज्ञाका बेला संग्रौलासहित चढेकाे गाडी राेकेर सवारी पास जाँच गरेकाेमा उनीहरूले असई झामाथि गैर-सामाजिक व्यवहार गरेका थिए । राज्यले ताेकेकाे कर्तव्य इमानदारीपूर्वक गरेका झालाई उल्टै धम्क्याएकाे भिडियाे सार्वजनिक भएपछि संग्राैलासमूहकाे विराेध भइरहेकाे छ । 

    यस्तो छ घटनाको वास्तविकता 

    निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै ड्युटिमा रहेका झाले संग्राैलाहरू चढेकाे गाडीकाे पास मागेका थिए । तर,उनीहरूले देखाउन इन्कार गरेका थिए । त्यसपछि प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) देखाउन अनुरोध गर्दा उनीहरुले लाइसेन्स पनि देखाउन सकेनन् । 

    आवश्यक कागजात नभएपछि प्रहरीले गाडी होल्डमा राख्याे । त्यसपछि संग्राैलाकाे समूहले झासहित प्रहरीसँग विवाद गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कुँवरले आयोगबाट औपचारिक रूपमा पत्र आएपछि घटनामाथि छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology