Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बाग्लुङमा ‘सुत्केरी पोषिलो खर्च’

बाग्लुङमा ‘सुत्केरी पोषिलो खर्च’

  • 222
    SHARES
  • बाग्लुङमा ‘सुत्केरी पोषिलो खर्च’

    बाग्लुङ । जिल्लाका १३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बाग्लुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो ।

    सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक दुईका दरले प्रतिमहिला नौ हजार सरकारले उपलब्ध गराउँदै आएको छ ।

    आमा र शिशुलाई पोषणको कमी हुन नदिनका लागि विभिन्न कार्यक्रममार्फत सचेतना जगाउने र खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रवीण शर्माले बताए ।

    स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई यो कार्यक्रममा सहभागी गराइएको हो ।

    नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको उहाँको दाबी थियो । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगविरुद्धको डिटी खोप लगाउनुपर्छ ।

    खोप लगाएको र नियमित परीक्षण गराउन स्वास्थ्य कार्यालयले प्रोत्साहित गर्ने गरेको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीतिअनुरुप गर्भवतीलाई पोषण उपलब्ध गराइएको शर्माले बताए ।

    हालसम्म चालु आवमा बाग्लुङभरका एक हजार ३४ सुत्केरी महिलाले ‘सुत्केरी पोषिलो खर्च’बापत ९३ लाख छ हजार पाएका छन् ।

    उनले भने, ‘पोषणसँग सम्बन्धित धेरै काम हामीले गरेका छौँ । कुपोषण व्यवस्थापन, पोषण पैरवी, कुपोषित बालबालिकाको खोजीलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।’

    कार्यालयले पोषण शिविरमार्फत तीन सय ५० जनाको परीक्षण गरेको थियो । तीमध्ये छ जना शीघ्र कुपोषण र मध्यम कुपोषण ३९ जना पत्ता लागेको शर्माले बताए ।

    उनीहरुको उपचारका लागि धौलागिरि अस्पताल बाग्लुङ र गण्डकी प्रदेश सरकार मातहतका विभिन्न अस्पतालमा जान भनिएको थियो ।

    पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा हुने भन्दै जिल्लाका आठ स्थानीय तहमा कार्यालयले पोषण अवस्थाको विषयमा सर्वेक्षणसमेत गरेको थियो ।

    सर्वेक्षणमा दुई सय ८७ बालबालिका सहभागी भएका थिए । उनीहरुमध्ये कुपोषित बालबालिका धेरै भएका दुई स्थानीय तहमा पोषण शिविर सञ्चालन गरेर तीन सय ५० बालबालिकालाई सेवा दिइएको कार्यालयको तथ्यांक छ ।

  • सम्बन्धित विषय:

  • # बाग्लुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij