Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

  • 502
    SHARES
  • गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

     काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

    images

    शुक्रबार बिहान ११ बजेपछि बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

    पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि शनिबार गण्डकीमा पोखरेल नेतृत्वको सरकार बनेको थियो । प्रदेश प्रमुख सीता पौडेलले प्रदेशसभामा आफ्नो पक्षमा बहुमत रहेको दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता पोखरेल मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा),  राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

    ६० सदस्य रहेको प्रदेशसभामा प्रमुख प्रतिपक्षी एमालेका २७ सांसद रहेका छन् ।  मुख्यमन्त्री नियुक्त भएलगत्तै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका पोखरेलले आइतबार पहिलो मन्त्रिपरिषद् बैठक गरेका थिए । 

    सबै मन्त्रीहरु हाल बिनाविभागीय अवस्थामा छन् । शुक्रबार विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन तोक्ने मुख्यमन्त्रीको तयारी छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology