Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन : दीपक मल्होत्रा

विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन : दीपक मल्होत्रा

  • 180
    SHARES
  • विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन : दीपक मल्होत्रा

    काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन् ।

    images

    बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन् ।

    उनले भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु ।’

    मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो ।

    मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् ।

    उनले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको पनि बताएका छन् ।

    ‘म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवम् परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन’, मल्होत्रा भन्छन् ।

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology