Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

कोपा अमेरिकाः अर्जेन्टिनाका अगाडि निरीह उरुग्वे, मेस्सीले गरे यस्तो कमाल 

कोपा अमेरिकाः अर्जेन्टिनाका अगाडि निरीह उरुग्वे, मेस्सीले गरे यस्तो कमाल 

  • 178
    SHARES
  • कोपा अमेरिकाः अर्जेन्टिनाका अगाडि निरीह उरुग्वे, मेस्सीले गरे यस्तो कमाल 

    काठमाडौं । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा चिलेसँग १-१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई  १-० गाेलले पराजित गरेको हो ।

    अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि गुइडोलाई मेस्सीले सहयोग गरेका हुन् । त्यसपछि पनि गोल गर्ने केही राम्रा मौका बनाए पनि गोल लौतारो मार्तिनेजसहितले गोल गर्न सकेनन् ।

    यस्तै उरुग्वेका लागि लुइस स्वारेजसहितले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । स्वारेजले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो ।

    शनिबार बिहानै भएको खेलमा चिलेले बोलिाभियामाथि १-० कै जित दर्ता गरेको थियो । पहिलो खेलमा चिले र अर्जेन्टिनाले १-१ को बराबरी खेलेका थिए ।

    उरुग्वेको भने यो पहिलो खेल हो । पहिलो खेलमै पराजित भएको छ । अब मंगलबार उरुग्वेले चिले तथा अर्जेन्टिनाले पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology