Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

  • 240
    SHARES
  • काठमाडौंको फोहोर तीन दिनभित्र उठाइसक्ने

    काठमाडौं । यही साउन १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु गरिएको छ ।

    फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो ।

    काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए ।

    उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन तीन दिनभित्र पूरा भइसक्नेछ । उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार १५२ गाडी र आज १६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए । 

    उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मंगलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ ।

    एक वर्षअघि काठमाडौं महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए ।

    नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए ।

    महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो ।

    अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

    सामान्यतया काठमाडौं उपत्यकाका १८ स्थानीय तहको तीन सय गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ ।

    विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij