Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

गण्डकीमा जसपाका दुवै सांसद मन्त्री बन्दै

गण्डकीमा जसपाका दुवै सांसद मन्त्री बन्दै

  • 660
    SHARES
  • गण्डकीमा जसपाका दुवै सांसद मन्त्री बन्दै

    काठमाडौं । गण्डकी प्रदेशमा रहेका जनता समाजवादी पार्टी, नेपाल (जसपा) का दुई जना सांसद मन्त्री बन्ने भएका छन् ।

    images

    २९ जेठमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त सोही दिन जसपाका हरिशरण आचार्य विनाविभागीय मन्त्री भइसकेका छन् । जसपाका दुई जना सांसदमध्ये धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ । 

    पूर्वशर्तअनुसार मुख्यमन्त्री पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत दिएका जसपा सांसदसँग त्यसअघि नै गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ ।

    मुख्यमन्त्री पोखरेलले जसपासँग गरेको ४ बुँदे सहमतिमा प्रदेशसभामा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ । सोही लिखित सहमतिअनुसार जसपाबाट धनमाया पोखरेल आइतबार मन्त्री नियुक्त हुने बुझिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology