काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका छन् ।
बुधबार काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको घोषणा गर्दै अध्यक्ष दाहालले बैठकले पार्टी र आन्दोलनलाई मात्र नभई सिङ्गो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने बताएका हुन् ।
उनले भने,‘यो बैठकले पार्टी र आन्दोलनलाई मात्र होइन्, सिङ्गो जनता र राष्ट्रको आवश्यकलाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने छ ।’
अध्यक्ष दाहालले पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेको भन्दै उक्त बैठकबाट पूर्ण निर्माणको अभियान चलाउने बताए ।
उनले भने,‘यो बैठकबाट पूर्ण निर्माणको अभियान चाल्नुपर्छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रूवीकरणका नयाँ प्रकृयाहरु देखा परेका छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology