Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

इस्लामोफोबिया विरुद्धको लडाईमा टर्की सबैभन्दा अगाडि 

इस्लामोफोबिया विरुद्धको लडाईमा टर्की सबैभन्दा अगाडि 

  • 125
    SHARES
  • इस्लामोफोबिया विरुद्धको लडाईमा टर्की सबैभन्दा अगाडि 

    अंकारा । टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगानले इस्लामोफोबिया र जेनोफोबियाविरूद्धको लडाईमा टर्की सबैभन्दा अगाडी रहेको दाबी गरेका छन् ।

    अन्ताल्या डिप्लोमेसी फोरममा बोल्दै राष्ट्रपति एर्दोले विश्व निरन्तर परिवर्तन भइरहेको र आफ्नो कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बनाउनुपर्ने पनि बताए ।

    यसक्रममा उनले महामारीको समयमा सबैभन्दा खतरनाक तहमा पुगेको इस्लामफोबिया, कट्टरपन्थी र सांस्कृतिक जातिवादविरूद्धको लडाईमा टर्की अग्रणी स्थानमा रहेको बताएका हुन् ।

    टर्कीको कूटनीति एशियाका साथै एशिया ए न्यू इनिसिएटिभसँगै अगाडि बढिरहेको र हरेक क्षेत्रमा अफ्रिकासँगको सम्बन्ध सुदृढ हुँदै गएको छ । साथै उनले एक दशकमा ४० लाख सिरियाली शरणार्थी टर्की आएका छन् । टर्कीले थप ५० लाख बढी शरणार्थीलाई सहयोग पुर्‍याउने बताएको छ ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology