Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

वर्षाले भत्कायो कारागार पर्खाल, कैदीबन्दी जोखिममा  

वर्षाले भत्कायो कारागार पर्खाल, कैदीबन्दी जोखिममा  

  • 1.2K
    SHARES
  • वर्षाले भत्कायो कारागार पर्खाल, कैदीबन्दी जोखिममा  

    कालिकोट । लगातारको वर्षाका कारणले जिल्ला कारागार कालिकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो । 

    images

    कारागारको पर्खाल भत्किँदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्किसकेको जानकारी दिए । 

    पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४  कैदीबन्दी रहेको छन् । २०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एकजना कैदी भागेका थिए ।

    कालिकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ, पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्किँदा एक सय ३७ जना विस्थापित भएका छन् । 

    जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । उनले नरहरिनाथ-९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology