Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

घुस लिएको आरोपमा धादिङ वन कार्यालयका अधिकृत पक्राउ

घुस लिएको आरोपमा धादिङ वन कार्यालयका अधिकृत पक्राउ

  • 664
    SHARES
  • घुस लिएको आरोपमा धादिङ वन कार्यालयका अधिकृत पक्राउ

    काठमाडौं । निलकण्ठ सव–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

    images

    कार्यालय प्रमुखसमेत रहेका पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालय लगेर उक्त मुद्दा मिलाउने भन्दै रकम घुस मागेपछि पीडित पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका थिए । 

    सोही निवेदनका आधारमा पौडेललाई अख्तियारको टोलीले वन कार्यालयकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्त नारायणप्रसाल रिजालले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology