Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

स्थापना दिवसको अवसरमा चन्द्रदर्शन सहकारीद्वारा रक्तदान कार्यक्रमसहित पीपिइ वितरण

स्थापना दिवसको अवसरमा चन्द्रदर्शन सहकारीद्वारा रक्तदान कार्यक्रमसहित पीपिइ वितरण

  • 755
    SHARES
  • स्थापना दिवसको अवसरमा चन्द्रदर्शन सहकारीद्वारा रक्तदान कार्यक्रमसहित पीपिइ वितरण

    काठमाडौं । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीइ) वितरण गरेको छ ।

    images

    संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार केन्द्रमा पुगेर संस्थाका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरुले सामाजिक दुरी कायम राख्दै रक्तदान गरेका छन् । 

    सो अवसरमा संस्थाले रेडक्रसको सञ्चार केन्द्रमा कार्यरत कर्मचारीहरुलाई पीपीइ सेटसमेत वितरण गरेको संस्थाका अध्यक्ष सान्तकुमार राई (सन्तु) ले जानकारी दिए ।

    शेयरपुँजी सवा ३ करोड, लगानी २३ करोड

    झापाको पाडाजुगीस्थित संस्थाले कमल गाउँपालिकाका युवा उद्यमी व्यवसायीहरु र स्थानीय शेरबहादुर श्रेष्ठको सक्रियतामा स्थापना भएको सो सहकारी संस्थामा हालसम्म सवा ३ करोड भन्दा बढी शेयर पुँजी पुगेको बताइएको छ । 

    यस्तै संस्थाको जगेडा कोषमा १ करोड ५ लाख ४९ हजार रुपैयाँ रहेको छ । कूल २ हजार ३७ जना शेयर सदस्य रहेको संस्थाको हालसम्मको वासलात ३४ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको संस्थाका सचिव सञ्जयकुमार कुमालले जानकारी दिए ।

    संस्थाले सदस्यहरुलाई २३ करोड रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology