Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

हरिवंशको शब्द, स्वर र संगीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

हरिवंशको शब्द, स्वर र संगीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

  • 120
    SHARES
  • हरिवंशको शब्द, स्वर र संगीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

    काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र संगीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन् ।

    images

    अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिएकी छिन् ।

    चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए ।

    उनले भने, ‘मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।’

    यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनले बताए ।

    ‘यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ ।’ हास्य कलाकार आचार्यले भने ।

    गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य भने गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले साथ दिएकी छिन् ।

  • सम्बन्धित विषय:

  • # हरिवंश

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology