Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

उत्तर कोरियामा दुई महिनालाई मात्र खाद्यान्न बाँकी

उत्तर कोरियामा दुई महिनालाई मात्र खाद्यान्न बाँकी

  • 691
    SHARES
  • उत्तर कोरियामा दुई महिनालाई मात्र खाद्यान्न बाँकी

    प्योङयाङ । कोरोना भाइरसको संकटका बीच उत्तर कोरिया भोकमरीको चपेटामा पर्ने स्थिति सिर्जना भएको छ । उत्तर कोरियामा अब जम्मा दुई महिनाका लागि मात्र खाद्यान्न बाँकी रहेको विश्व खाद्य कार्यक्रमले बताएको छ । त्यहाँका शासक किम जोङ उनले पनि देशभित्र खाद्य अभावले अवस्था बिग्रिँदै गएको स्वीकारेका छन् ।

    images

    उत्तर कोरियामा खानेकुराको अभाव भएपछि महंगी अत्यधिक बढेको छ । त्यहाँ एक प्याकेट कफीको मूल्य १०० सय डलर अर्थात् करिब १० हजार रुपैयाँ, एक केजी केराको मूल्य ५ हजार, एक प्याकेट कालो चियाको मूल्य ८ हजार रुपैयाँ पुगेको छ । 

    उत्तर कोरियाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । जसका कारण बाहिरबाट त्यहाँ खाद्यान्न निर्यात ठप्प छ । योबाहेक उत्तर कोरियामा आएको आँधि र बाढीले खाद्य बाली उत्पादनमा गिरावट आएपछि संकट बढेको हो । 

    अहिले कोरियाको अवस्था हेरेर सन् १९९० को दशकको जस्तै भोकमरी सामना गर्नुपर्ने हो कि भन्ने त्रास बढेको छ । ९० को दशकमा भोकमरीका कारण त्यहाँ ३० लाख मानिसको मृत्यु भएको थियो । उत्तर कोरियामा अहिले चिनी, तेल, आटा, चामल, इन्धनलगायतका अत्यावश्यक वस्तुको चरम अभाव छ । 

    नेता उनले खाद्य अभावबारे स्पष्ट विवरण दिएका छैनन् । उनले पार्टी कार्यकर्तालाई जनतालाई भोकमरीबाट बचाउनका लागि काम गर्न भनेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology