Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो

  • 546
    SHARES
  • पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो

    काठमाडौं । भारतकाे नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ । 

    images

    नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार दिउँसो बताएका छन् । 

    खनालको स्वास्थमा उल्लेख्य सुधार आएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको भट्टराईकाे भनाइ छ । स्वकीय सचिव भट्टराईकाअनुसार, खनालको स्वासप्रश्वासको सहजताका लागि लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ । 

    बुधबार अपराह्नदेखि एपोलोमा उपचाररत खनालको थप स्वास्थ्यमा थप सुधार आउन केही दिन लाग्ने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ उध्दृत गर्दै भट्टराईले जानकारी दिए । फाइल तस्बिर 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology