वेबटिभी खबर
दमौली । तनहुँको म्याग्दे गाउँपालिका-३ पसले निवासी मालबाहक गाडीका चालक चेतबहादुर चदारोले सडकमा भेटाएको पैसा आइतबार सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।
दमौलीबाट छिमेकी जिल्ला लमजुङतर्फ मौरी लिएर जाँदै गरेका चालक चदारोले व्यास नगरपालिका-७ स्थित दुलेपानी नजिक पैसा राखेको पर्स भेटाएपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन् ।
व्यास नगरपालिका-७ स्थित सत्रसयबाट मोटरसाइकलको लेगार्डमा झोला राखेर कलेस्ती बजारतर्फ जाँदै गर्दा झोला खसेर हराएको अस्मिता शाहीले जानकारी दिइन् । झेलामा नगद, मोबाइल र सुनका औंठीसहित करिब एक लाखबराबरको नगद तथा जिन्सी हराएकाले पाउने आशै मारिसकेको उनले बताए ।
हराएको पैसा भेटाएर लुकाउने प्रवृत्ति समाजमा अझै पनि रहेको पाइन्छ । कसैको चित्त दुखाएर क्षणिकमा रमाउनु गलत कार्य भएकाले फोन गरेरै शाहीलाई आफूले पाएको झोला प्रदान गरेको चालक चदारोले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij