Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

उद्यम

टीकापुरका महिलाले थाले अचार उत्पादन

टीकापुरका महिलाले थाले अचार उत्पादन

  • 104
    SHARES
  • टीकापुरका महिलाले थाले अचार उत्पादन

    कैलाली— कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् ।

    images

    यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैशीले बताइन् । ‘आँपको अचार सबै बिक्री भयो’,उनले भनिन्,‘दैनिक ५० किलो अचार उत्पादन गर्छौं, मागअनुसारका अचार उत्पादन गर्ने गरेका र्छौं ।’ चाँडै अनुमतिपत्र पाएपछि उत्पादन बढाएर अन्य जिल्ला पठाउने जैशीको योजना छ ।

    उनले भनिन्,‘दैनिक २०/२५ महिलालाई रोजगारी दिने योजना छ ।’ यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौं, नेपालगञ्जजस्ता सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताइन् ।

    यसैगरी दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ । सिन्की र गुन्द्रुक सबै बिक्री भइसकेको छ । पहिलोपटक उत्पादन सुरु गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले बताइन् ।

    ‘सुरुआत भएका कारण कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौँ’,उनले भनिन्,‘सिक्दैछौँ, उत्पादन बढाउँदै जान्छौँ ।’ गुणस्तर मापनका लागि उनीहरुले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् ।

    मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् ।

    मस्यौरा तयार गर्ने मेसिनमा रु १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । सत्र महिलाले रु एक–एक लाख लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् ।

    विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए ।

    महिलाले उत्पादन गरेका सामान व्यापार महासंघले बजारीकरण गरिदिने भएको छ । उद्योगमा लगानी बढाउने, धेरै उत्पादन गर्ने, ठूला उपकरण थप्ने महिला उद्यमीको योजना छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology