काठमाडौं । नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले चितवन जिल्लाको राप्ती नगरपालिकाले शैक्षिक योग्यताको कारण देखाउँदै बालविकास सहजकर्ताहरूलाई विद्यालयबाट हटाउन गरेको निर्णयप्रति खेद प्रकट गरेको छ ।
सहजकर्ताहरूलाई हटाउन गरेको निर्णयसम्बन्धी समाचार बाहिरिएपछि समिति अध्यक्ष कृष्णकुमारी थापा मगर र महासचिव निर्मला गिरीेले आइतबार विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका हुन् ।
सुरुआती समयमा राज्यले योग्य ठानी नियुक्ति दिई वर्षौंसम्म सेवा गरेका सहजकर्ताहरूलाई नगरपालिकाले आफूखुसी हटाउने निर्णयले मानव अधिकारको समेत हनन् भएको उनीहरूले विज्ञप्तिमा जनाएका छन् ।
निर्णय सच्याउन नगरपालिकालाई समितिले आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology