Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

विवादमा चलचित्र ‘एक भगवत् गीता’

विवादमा चलचित्र ‘एक भगवत् गीता’

  • 177
    SHARES
  • विवादमा चलचित्र ‘एक भगवत् गीता’

    काठमाडौ । विश्व हिन्दू महासंघ, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ ।

    images

    निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो ।

    बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले बोर्डको बैठकमार्फत निर्णय गर्ने बताए ।

    उनले भने, ‘बोर्ड र  मातहतको मन्त्रालयमा निवेदन परेको हुँदा दुवै पक्षलाई संवादका लागि हामीले पहल गरेका हौँ । जाँचपास रोकेका छैनौँ, प्रक्रियामै छौँ । निवेदन परेकाले प्रक्रिया केही लम्बिएको हो ।’

    जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिनुभएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शीर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म-संस्कृतिमाथि आँच पुर्याएको दाबी गरिएको छ ।

    ‘श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ । त्यसकारण नाम परिवर्तन गरेर चलचित्र प्रदर्शन गर्न हामी आग्रह गर्छौं । नाम परिवर्तन भएमा हामीलाई कुनै आपत्ति छैन ।’ निवेदनमा उल्लेख छ ।

    निर्माता सुनिलकुमार थापाले भने बोर्डबाट नै नामको स्वीकृति लिएर चलचित्र निर्माण गरिएको बताए ।

    उनले भने, ‘हामीले कथासार बुझाएर नामको स्वीकृति लिएर छायाङ्कन गर्यौँ । अहिले नाम परिवर्तन गर्दा हामीलाई व्यवसायीक क्षति हुन्छ । हाम्रो काम वा उद्देश्यले दिने सन्देशलाई मूल्यांकन गर्न जाँचपास समिति छ । उहाँहरूले चलचित्र हेरेर दिनुहुने निर्णय मान्न म तयार छु । यद्यपि जाँचपासकै सिफारिस नपाउनु मलाई अन्याय गरिएको हो ।’

    झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology