Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

भारतको उत्तर प्रदेशमा बाढीले मानवीय क्षति

भारतको उत्तर प्रदेशमा बाढीले मानवीय क्षति

  • 56
    SHARES
  • भारतको उत्तर प्रदेशमा बाढीले मानवीय क्षति

    नयाँ दिल्ली । अविरल वर्षाका कारण भारतको उत्तर प्रदेश राज्यमा पछिल्लो २४ घण्टामा १९ जनाको ज्यान गएको छ । उत्तर प्रदेशको हरदोईमा चार, बाराबंकीमा तीन, प्रतापगढ र कन्नौजमा दुई–दुई र अमेठी, देवरिया, जालौन, कानपुर, उन्नाव, सम्भल, रामपुर र मुजफ्फरनगर जिल्लामा एक–एक जनाको मृत्यु भएको हो ।

    images

    उत्तर प्रदेशका ३१ जिल्लामा बाढीको एलर्ट जारी गरिएको छ । सात दिनसम्म वर्षाको पूर्वानुमान गरिएको छ। विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरोको अवस्था सिर्जना भएको हो । लगातारको बर्षाले गर्दा अनिष्ट हुने शंकामा आम जनता र किसान निकै त्रसित छन् । 

    लगातारको वर्षाका कारण तापक्रम पनि घट्दै गएको छ । बाढीको एलर्ट जारी गरिएकाले राज्यका धेरै जिल्लामा विद्यालय र कलेज बन्द गर्न आदेश जारी गरिएको छ । वर्षाले विपत्ति निम्त्याउन सक्ने संभावनका कारकाण उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले जिल्लाका अधिकारीहरूलाई समयमै आवश्यक कदम चाल्न आदेश दिएका छन् । वर्षाको पानी निकासको व्यवस्था मिलाउन र समयमै उद्धार कार्यका लागि तयार रहन योगीले आदेश दिएका हुन् । 

    बाढीकाे जाेखिम २५ जिल्लामा, १६८ गाउँ प्रभावित
    उत्तर प्रदेश राज्यको २५ वटा जिल्लामा विगत २४ घण्टामा ३० मिलिमिटर र सोभन्दा बढी वर्षा भएको छ । तर, कुनै पनि नदी खतराको तहभन्दा माथि बगेको छैन । बाढीबाट १० जिल्लाका १६८ गाउँ बढी प्रभावित भएका छन् ।

    वर्षा प्रभावित जिल्लाहरूमा खोजी र उद्धारका काम भइरहेको छ । जनतालाई राहत प्रदान गर्न कुल ६९ हजार ६७४ सुक्खा रासन किट, ४ लाख ४८ हजार ६७० खाजा प्याकेट र ३ हजार १५० डिग्निटी किट समेत वितरण गरिएको छ । राज्यमा हालसम्म १ हजार १०१ बाढी आश्रयस्थल, ८६९ पशु शिविर, चारा आदिको व्यवस्था र २८ लाख ६९ हजार २९१ पशु खोप, १ हजार ५०४ बाढी चौकी, २ हजार ५१३ चिकित्सा टोली गठन गरिएको छ । यसबाहेक ३ हजार ४२१ डुङ्गा पनि उद्धार र राहत कार्यमा प्रयोग भइरहेका छन् । बाढी प्रभावित क्षेत्रमा करिब २ हजार ७ सय ७५ गाई गोठका ४ लाख ६१ हजार ७ सय ७८ पशु तथा अन्य जनावरका लागि चाराको व्यवस्था समेत गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # बाढी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology