Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

१६७ जना चढेको रुसी विमान जंगल छेउकाे मैदानमा आपत्कालीन अवतरण, सबै सकुशल 

१६७ जना चढेको रुसी विमान जंगल छेउकाे मैदानमा आपत्कालीन अवतरण, सबै सकुशल 

  • 96
    SHARES
  • १६७ जना चढेको रुसी विमान जंगल छेउकाे मैदानमा आपत्कालीन अवतरण, सबै सकुशल 

    मस्को । दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका ६ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० मंगलबार बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरिएको छ । 

    images

    रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जंगल नजिकको एक मैदानमा उरल एयरलाइन्सको एयरबस ३२० विमानलाई चालक दलका सदस्यले आपत्कालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबैजना सकुशल रहेका बताएका छन् । 

    ural-air-russ1.jpg

    ‘सोची–ओम्स्क ‘रुट’मा उडिरहेको उराल एयरलाइन्सको एयसबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन,’मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ । 

    रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एयरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको स्थानको प्रारम्भिक अनुसन्धान थालिसकेका छन् । 

    ural-air-russ2.jpg

    विमान कम्पनी उरल एयरलाइन्सले भने प्राविधिक समस्यका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एयरलाइन्स येकातेरिनबर्ग शहरमा प्रधानकार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो । 

    ural-air-russ3.jpg

    युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएका कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयन ठूलो समस्या झेलिरहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology