Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गरी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री श्रेष्ठ

प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गरी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री श्रेष्ठ

  • 50
    SHARES
  • प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गरी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    हेटौँडा । बाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रहरीले अन्तर्राष्ट्रिय तहको विज्ञान र प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न जरुरी रहेको बताएका छन ।

    images

    आज मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको युगमा प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने भन्दै प्रहरीको क्षमतालाई गुणात्मक ढंगले वृद्धि गर्नका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

    ‘देशका सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री बनाउनेमा लागिरहेका छौँ । यसका लागि नागरिकको पनि सहयोग आवश्यक पर्दछ’, मन्त्री श्रेष्ठले भने, ‘प्रहरी भनेको एउटा विधि हो । यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सके प्रहरी मैत्री संस्कारको विकास हुन्छ ।’

    उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भइरहेको बताए । कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँका नागरिक र प्रहरीबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिइन् ।

    कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रजिअ सूर्यप्रसाद सेढाई, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा-१३ का वडाअध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति थियो ।

    कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दुई करोड २६ लाख १५ हजार एक सय १७ बजेटमा एक कट्ठा नौ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहित तीन तल्ले प्रहरी चौकीको निर्माण भएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology