Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

शिक्षा विधेयकको विरोधमा आन्दोलनको आँधीबेहरी ल्याउने शिक्षकहरूको चेतावनी 

शिक्षा विधेयकको विरोधमा आन्दोलनको आँधीबेहरी ल्याउने शिक्षकहरूको चेतावनी 

  • 470
    SHARES
  • शिक्षा विधेयकको विरोधमा आन्दोलनको आँधीबेहरी ल्याउने शिक्षकहरूको चेतावनी 

    काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर संविधान दिवसको दिन असोज ३ गतेबाट सडक आन्दोलनको घोषणा गरेको छ । 

    images

    महासंघले शुक्रबार रिपोर्टस् कलबमा पत्रकार सम्मेलन गरेर देशभरिका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो । 

    शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको आरोप छ । 

    पत्रकार सम्मेलनमा कसले के भने ? 
    नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष कमला तुलाधरले सरकारले शिक्षकहरूले बेलाबेला गरेको आन्दोलनमा सहमति गरे पनि विधेयक तयार पार्दा सहमतिलाई रद्दीको टोकरीमा फालेको बताइन । आन्दोलनमा उत्रिन बाध्य बनाउने अवस्था सरकारले सृजना गरेको उनको भनाइ छ । अबको आन्दोलनले ठूलो आँधीबेहरी सृजना गर्ने चेतावनी दिँदै उनले आफूहरूले अब सडक नछोड्ने अडान राखिन । 

    नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरे । उनले सबैलाई उक्त आन्दोलनमा सहभागी हुन आह्वान गरे । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।

    संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले बाध्य भएर विद्यालय नै बन्द गरेर आन्दोलनमा जाने अवस्था सरकारले सृजना गरेको बताए । विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरासँग जोडिएका शिक्षकहरूमाथि विधेयकले विभेद गरेको उनको आरोप छ । 

    अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लच्छीराम ढकालले ५२ वर्षपछि बन्न लागेको शिक्षा ऐनले शिक्षकहरूलाई सडकमा आउन वाध्य बनाएको बताए । विद्यालयभित्र काम गर्ने शिक्षक र कर्मचारीहरूको पेशागत सुरक्षामा सरकार गम्भीर नभएको उनको आरोप छ । उनले अहिलेको विधेयकले शिक्षक, कर्मचारीलाई मुर्ख बनाउन खोजेको बताए । 

    एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले राज्यले शिक्षा क्षेत्रलाई ध्वस्त बनाउन खोज्ने विधेयक ल्याउने भन्दै विरोध जनाए । विधेयकले शिक्षकमाथि गरेको विभेद नसच्चिएमा सत्ता धरापमा पर्ने उनको चेतावनी छ । 

    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका कार्यवाहक अध्यक्ष कमला थापा, नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष सोमनाथ गिरीले पनि विधेयकको विरोध गर्दै आन्दोलनको लागि सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology