Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

  • 65
    SHARES
  • एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

    images

    आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ ।

    नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन । यस्तै, समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन । समूह सी मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन ।

    बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन ।

    त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology