Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

म्याग्दीमा शिक्षकको हत्या, नदीमा फालियो शव

म्याग्दीमा शिक्षकको हत्या, नदीमा फालियो शव

  • 2.2K
    SHARES
  • म्याग्दीमा शिक्षकको हत्या, नदीमा फालियो शव

    म्याग्दी । बेनी नगरपालिका-५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी-६ का ३१ वर्षीय सञ्जय बानियाँलाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो । 

    असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाँले व्यक्तिगत रिसइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आक्रमण, कुटपिट गरी म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । आरोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षाकी कर्मचारी हुन् । 

    विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बेपत्ता कार्यमा संलग्न बानियासमेत बस्दै आएका थिए । बेपत्ता कार्की र आरोपी बानियाँबीच यसअघि विवाद थियो । करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बानियाँमाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ । 

    प्रहरीले घटनाको थप प्रमाण जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्दा चलाउने जनाएको छ । कार्कीमाथि आक्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो । 

    म्याग्दीको बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक आइतबारदेखि बेपत्ता   म्याग्दीको बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक आइतबारदेखि बेपत्ता  

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology