Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

  • 65
    SHARES
  • कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

    धनुषा । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।

    images

    जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । ‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ’, नेता निधिले भने– ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’

    वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो । विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology