Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

आगलागीबाट १ करोडका कपडा जलेर नष्ट

आगलागीबाट १ करोडका कपडा जलेर नष्ट

  • 207
    SHARES
  • आगलागीबाट १ करोडका कपडा जलेर नष्ट

    काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले राससलाई जानकारी दिए ।

    आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कपडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij