Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

खोप चाहिँदा स्वास्थ्यमन्त्री छैनन्, सुरक्षा चाहिँदा गृहमन्त्री छैनन्: सूर्य थापा 

खोप चाहिँदा स्वास्थ्यमन्त्री छैनन्, सुरक्षा चाहिँदा गृहमन्त्री छैनन्: सूर्य थापा 

  • 1.3K
    SHARES
  • खोप चाहिँदा स्वास्थ्यमन्त्री छैनन्, सुरक्षा चाहिँदा गृहमन्त्री छैनन्: सूर्य थापा 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले पछिल्लो पटक विस्तारित मन्त्रिपरिषद्का सदस्यलाई पदमुक्त गर्न दिएको आदेशप्रति संशय प्रकट गरेका छन् ।

    images

    प्रधानमन्त्री ओलीले २१ र २७ जेठमा विस्तार गरेको मन्त्रिपरिषद्का २० जना मन्त्रीलाई मंगलबार पदमुक्त गर्ने सर्वोच्चको आदेशले आवश्यकताको सिद्धान्तलाई ख्याल नगरेको थापाको दाबी छ । 

    ‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउँनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। बाढीको चपेटामा परेर मेलम्ची राहत-उद्धार पर्खेको छ, चुनाव गराउन शाान्ति-सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ,’ सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले ट्वीटरमार्फत प्रश्न उठाएका छन्, ‘आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology