काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको युगमा पनि खानकै लागि संर्घष गर्नु पर्ने अवस्था आउनु दुखद भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१औँ सदाब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजामर्दो विषय भएको बताएका छन् ।
उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए ।
त्यस्तै प्रर्याप्त सम्भावना भएर पनि विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको टिप्पणी गरे ।
उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढि हुने बताए । कृषिको आधुनिकीकरणमा बिशेष जोड दिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले उद्योगहरुले विद्युत पाएको छैन् । सव स्टेशन छैन् त्यसकारण विद्युत सप्लाई गर्न सकिएको छैन । उद्योगहरुले अहिले पनि मागिरहेका छन् । हामीलाई चाँहिदो विद्युत उत्पादन भएको छैन् । पुग्दो उत्पादन भएपनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन् ।’
अर्को प्रशंगमा उनले नेपाल मासुमा आत्मानिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भईरहेको भन्दै भने, ‘नेपाल मासुमा आत्मानिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी बोका आईरहेका छन् । आत्मानिर्भर छ भने खसी बोका कहाँ जान्छ ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौं भनेको छ । मुस्ताङबाट च्याङग्रा पोखराबाट यता आउँदैनन् । ’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology