काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले, यो शिक्षा विधेयक पूर्ण नभएको स्वीकार गरेका छन् ।
‘विद्यालय शिक्षा विधेयक’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यो विधेयक पूर्ण नरहेको र त्यसलाई आवश्यक परिमार्जन गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘यो विधेयक पूर्ण भएको छैन् र यसलाई पूर्ण बनाउँनको लागि आधारभूत रुपमा समाजवाद उन्मुख हुने, सामाजिक न्यायको सिद्धान्तलाई स्विकृत गर्ने प्रतिबद्धता हुनुपर्छ । शिक्षकहरुलाई उच्च मनोबल प्रदान गर्ने काम राज्यको हो, र अहिलेको विधेयकमा त्यसलाई सुनिश्चित गर्नुपर्छ । शिक्षकलाई निजामति कर्मचारीको रुपमा स्विकार गर्नुपर्छ र त्यस अनुसारको व्यवस्थामा जानुपर्छ ।
उनले अहिले प्राप्त राजनीतिक उपलब्धिलाई सामान्यरुपमा हेरिएको भन्दै असन्तुष्टि पोखे । उनले भने ‘निकै लामो बहस र बलिदानबाट यो व्यवस्था आएको हो तर मानिसहरु सजिलैसँग यसलाई आलोचना वा टिप्पणी गर्ने गरेका छन् । अहिले यो व्यवस्थालई विभिन्न बाहानामा भत्काउँने, भ्रम पैदा गर्ने र विकर्षण पैदा गरेर यसलाई उल्टाउँने एउटा प्रकारको सपना पनि सँगसँगै छ ।’
उनले समाजवादको लक्ष्य पुरा गर्ने गरी काम गर्नु पर्ने बताए । ‘समाजवाद असम्भव विषय होईन, तर आज हामीले गर्ने सबै कार्यहरु समाजवाद उन्मुख हुनेगरी गर्नुपर्छ । शिक्षा क्षेत्रको निजीकरणलाई सम्पूर्ण रुपमा बन्द गर्न सक्दैनौ । तर समाजवाद उन्मुख हुनेगरी हाम्रो शिक्षा नीति बन्नु पर्छ ।’
उनले शिक्षा सबैभन्दा ठुलो सम्पती भएको भन्दै यसलाई प्रभावकारी बनाउन सदनमा आवाज उठाउने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology