Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

  • 160
    SHARES
  • गल्फ बल कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु

    एजेन्सी। ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

    images

    शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी १०० भन्दा बढी घाइते भएको पिङटुङ काउन्टी सरकारले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएको छ ।

    आगलागी नियन्त्रणका क्रममा खटिएका एक अग्निनियन्त्रक र अन्य तीनजना हराइरहेका छन् । ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार बिहान घटनास्थलको भ्रमण गरी मृतकका परिवारप्रति समवेदना प्रकट गरेकी छिन् ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताइन्  । राष्ट्रपति साईले आपतकालीन प्रतिक्रिया कर्मचारीहरूलाई संकेत गर्दै भनिन्, ‘म सबैलाई उनीहरूको कडा परिश्रमको लागि धन्यवाद दिन चाहन्छु र सुरक्षित रहेर उद्धारमा खटिन निर्देशन दिन्छु ।’

    उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न मुर्दाघरमै र घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी थिइन् । पिङटुङ फायर डिपार्टमेन्टका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार कारखानाभित्र भण्डारण गरिएको रासायनिक पेरोक्साइडका कारण एउटा ठूलो र धेरै साना विस्फोट भएको हुन सक्छ ।

    विस्फोटका कारण कारखानाको छतको एक भाग ढलेको थियो जसका कारण धेरै मानिस भित्र फसेका थिए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology