Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

विद्यार्थीलाई पढ्ने बानी बसाल्न यस्तो उपाय

विद्यार्थीलाई पढ्ने बानी बसाल्न यस्तो उपाय

  • 2.4K
    SHARES
  • विद्यार्थीलाई पढ्ने बानी बसाल्न यस्तो उपाय

    काठमाडौं । नयाँ डिजिटल शिक्षा प्लेटफर्म निमा एकेडेमी लर्निङ टेक्नोलोजीको प्रयोगका साथ आएको छ । सन् २०१८ मा स्थापित निमा एकेडेमी शैक्षिक क्षेत्रको विकासमा सहयोग पुर्याउनका लागि स्थापना भएको एकेडेमीले जनाएको छ ।

    images

    नेपाली शिक्षा क्षेत्रमा करिब ३० वर्षभन्दा माथिको अनुभव भएका व्यक्तिहरूद्वारा संचालित यस संस्थाले नेपाली शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थप्ने विश्वास एकेडेमीको छ । परम्परागत शिक्षण विधिलाई अपग्रेड गर्नका निम्ति आधुनिक प्रविधि र आफ्नो अनुभवको मद्दतले यो संस्था खडा गरेको एकेडेमीले बताएको छ ।

    नेपालको पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त ईसीडीदेखि १० सम्मका सबै विषयका कोर्सहरु नीमा एकेडेमीको एपमा उपलब्ध छन् । निमा एकेडेमीका कोर्सहरु रमाइला र अन्तरक्रियात्मक वातावरणमा बनाइएको एकेडेमीले जनाएको छ ।

    निमा एकेडेमीका कोर्सहरुमा videos, articles, quizzes, tests, assignments र games हरु समावेश छन् । सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक र उदाहरणमा आधारित मिश्रित लर्निङ​ टेक्नोलोजीको प्रयोग निमा एकेडेमीले गरेको छ । यस्ता किसिमका शैक्षिक कोर्सहरुले विद्यार्थीहरुलाई मात्र नभई शिक्षकहरुका लागि पनि अध्यापनमा सहयोग पुग्ने एकेडेमीले बताएको छ ।

    सहारा राष्ट्रिय स्कुलका प्रधानाध्यापक देवेन्द्र भट्टराईले निमा एकेडेमीको कोर्सहरुसँगसँगै अगाडि बढ्ने बताए । उनले कोरोना महामारीले गर्दा पनि स्कुलहरु डिजिटलाइज्ड गर्दै जानुपर्ने बताए । 

    neema-academy..jpg

    यसैगरी अरनिको अन्तर्राष्ट्रिय उच्च माध्यमिक विद्यालय ज्ञान द्विप विद्या सदन, रिलायन्स स्कुल, नर्थ पोइन्ट,  र  पिस पोइन्ट एकेडेमी लगायत अन्य स्कुल पनि एकेडेमी प्रति सकारात्मक रहेको उनले बताए ।

    हाल कोरोनाको विषम परिस्थितिले गर्दा सम्पूर्ण स्कुल तथा कलेजहरु बन्द रहेको अवस्थामा विद्यार्थीहरुलाई पढ्ने बानी र पढाईमा नकारात्मक असर परिरहेको देखिन्छ यस्तो अवस्थामा निमा एकेडेमीले घरमै बसिबसी इन्टरनेट प्रयोग गरि वा इन्टरनेट बिनानै पठनपाठनलाई सहज बनाएको एकेडेमीको दावी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology