Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

  • 155
    SHARES
  • बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

    हेटौंडा । बाग्मती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो ।

    images

    सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ ।

    मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरुले निवेदन दिन सक्नेछन् ।

    ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।

    सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिनभित्रमा विश्वविद्यालय स्थापनाका लागि एक लाख राजस्वसहित आवेदन पेस गर्न आह्वान गरेको छ ।

    सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठानले एक लाख निवेदन दस्तुर तथा स्वीकृति दस्तुर पाँच लाख बुझाउनुपर्ने हुन्छ । उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत ७५ हजार र स्वीकृत दस्तुरबापत तीन लाख बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

    यसअघि प्रदेश सरकारले हेटौँडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ ।

    सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक साताअघि क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँगको छलफलमा क्यापसलाई विश्वविद्यालय बनाउने सहमतिसमेत बनेको थियो ।

    उक्त सहमतिअनुसार मकवानपुर क्याम्पसलाई विश्वविद्यालय स्थापना गर्न क्यापसले आवेदन पेस गर्ने र मापदण्ड पुगेको खण्डमा सो क्याम्पस विश्व विद्यालय कायम हुनेछ ।

    मुख्यमन्त्री जमकट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए । उनले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषय अध्यापन गराइने योजना रहेको जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology