Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

साँगा-धुलिखेल सडक विस्तार : रकम भुक्तानी नपाए निर्माण रोक्ने कम्पनीको चेतावनी

साँगा-धुलिखेल सडक विस्तार : रकम भुक्तानी नपाए निर्माण रोक्ने कम्पनीको चेतावनी

  • 108
    SHARES
  • साँगा-धुलिखेल सडक विस्तार : रकम भुक्तानी नपाए निर्माण रोक्ने कम्पनीको चेतावनी

    काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा-धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ ।

    images

    कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो ।

    सडक विभागका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । साँगा-धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ ।

    निर्माण कम्पनीले सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनासँग गत जेठमै १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो ।

    ‘दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा-धुलिखेल सडकखण्डको काम रोक्नेछौँ’, कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भने । भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट १५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताए ।

    इन्जिनियर लामिछानेका अनुसार सूर्यविनायक-धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कूल नौ अर्ब लाग्ने र यसमध्ये जम्मा ५४ करोड मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ ।

    ‘सुनिश्चित स्रोतमध्ये १५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लागिएको छ’, इन्जिनियर लामिछाने भने । आयोजनाका लागि हाल सरकारसँग एक अर्ब माग गरिएको लामिछानेले बताए ।

    उनका अनुसार साँगा-धुलिखेल सडकखण्डअन्तर्गतका रूख कटान कार्य सुरु गरिएको तथा विद्युत्का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग प्रक्रिया थालिएको छ । छलफलमा सडक विस्तारको कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको थियो ।

    साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो । दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक-साँगा सात दशमलव पाँच किमी सडकखण्ड भने तीन अर्ब ८८ करोड ९३ लाखको रहेको छ ।

    यी दुवै सडक खण्डको २०७९ फागुनमा ३६ महिनाभित्र सक्नुपर्ने सम्झौता गरिएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology