काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरेका छन ।
प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुगेका छन । आज छोङछिङ महानगरपालिकामा उनले सो भेटवार्ता गरेका हुन । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवम् समझदारीका विषयमा कुराकानी भएको थियो ।
यसअघि आज छोङछिङ पुग्दा प्रधानान्त्री दाहाललाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए । आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरे ।
प्रधानमन्त्रीले उक्त एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवम् उत्पादनको अवलोकन गरी जानकारी लिएका थिए । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन । उनी आज छोङछिङमै रहने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology