Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

तनाव जारी रहँदा मौन रहेका राजनीतिक दलले जनजीवन सामान्य बनेपछि मुख खोले 

तनाव जारी रहँदा मौन रहेका राजनीतिक दलले जनजीवन सामान्य बनेपछि मुख खोले 

  • 239
    SHARES
  • तनाव जारी रहँदा मौन रहेका राजनीतिक दलले जनजीवन सामान्य बनेपछि मुख खोले 

    सर्लाही । विगत एक सातादेखि दुई समुदायबीचको झडपका कारण कर्फ्यु लगाइएको सर्लाही सदरमुकाम मलंगवा मंगलबारबाट केही शान्त बनेको छ । सोमबारदेखि दिउँसोको कर्फ्यु हटाइए पनि मंगलबार मात्र बजारमा चहलपहल देखिन थालेको हो ।

    images

    राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु जारी नै छ । सोमबार पहिलो दिन कर्फ्यु नभए पनि मानिसहरु निकै न्युन मात्र बजारमा देखिएका थिए । पसल तथा सवारी साधन पनि चलेका थिएनन् । दिउँसोको कर्फ्यु हटाए पनि भेला, जुलुस, प्रदर्शन, पोष्टर टाँस्ने र प्रचारसामग्री लेख्न बन्देज लगाइएको छ ।

    यसैबीच ६ राजनीतिक दलले केही दिनयता मलंगवा र आसपासका क्षेत्रमा भइरहेको सामाजिक सद्भाव खल्वल्याउने किसिमका गतिविधिले चिन्तित तुल्याएको भन्दै आज अपिल जारी गरेका छन् । दुई पक्षबीच तनाव जारी रहेका बेला मौन रहेका राजनीतिक दल जनजीवन सामान्य बन्न थालेपछि अपिलमार्फत बल्ल बोलेका हुन् । तनावकै अवस्थामा राजनीतिक दललाई स्थानीयले विवाद समाधान गर्न पहलका लागि आग्रह गरेका थिए । जनप्रतिनिधिले पनि तनाव मथ्थर पार्न प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयको आरोप छ ।

    कांग्रेस, एमाले, माओवादी, जसपा, नेकपा एकिकृत समाजवादी र लोसपाका जिल्ला अध्यक्षले हस्ताक्षर गरि संयुक्त रुपमा जारी गरिएको अपिलमा सदियौंदेखि आपसी सद्भाव, सहयोग र भाइचाराले मिलिजुली बसिरहेको समाजमा नकारात्मक छाप पर्दे गइरहेको अवस्था आएकोमा चिन्ता व्यक्त गरिएको छ ।

    प्रशासनले जारी गरेको कर्फ्युले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै अपिलमा भनिएको छ– ‘उत्तेजित एवम अराजक गतिविधिले धार्मिक जातिय आदि हिंसा भडकाई आफनो दुनो सोझ्याउने केहि व्यक्ति बाहेक तपाई हामी सामाजिक मुल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, आस्थाको सम्मान गर्नेलाई कहिल्यै राम्रो गर्दैन । तसर्थ प्रशासन समक्ष कर्फ्युमात्र समाधान नभई दोषीहरु पत्ता लागाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्ने जोडदार माग गर्दछौँ ।’ 

    ‘हाम्रो पार्टीहरु धार्मिक सहिष्णुता, आपसी भाईचारा, बन्धुत्वको भावना शान्ति सदभाव र एउटा उन्नत समाजमा विश्वास राख्दछ । तसर्थ यो घटनाक्रमलाई मिहिन ढङ्गले बुझ्दै प्रशासन, नागरिक समाज, विभिन्न समूदाय, राजनितिक दल, संस्थाहरुसँग समन्वय र छलफल गरी समाधानको उपाय र प्रयास निरन्तर गरिरहेको व्यहोरा जानकारी समेत गराउँदछौँ,’ अपिलमा उल्लेख छ ।

    त्यसैगरी समाजिक सञ्जालको प्रयोगमा संयमित हुन आग्रह गर्दै सामाजिक सद्भाव भड्किने कुनै क्रियाकलाप नगर्न अपिलमा अनुरोध पनि गरिएको छ । अपिलमा कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंह, एमाले अध्यक्ष राजनारायण साह, माओवादीका इन्चार्ज अच्युतम प्रसाद काफले, जसपा अध्यक्ष विरेन्द्रकुमार राय, नेकपा एकिकृत समाजवादीका अध्यक्ष सुरेन्द्र लामा, लोसपाका अध्यक्ष रामप्रसाद रायले हस्ताक्षर गरेका छन् । 

    Dal ko bigyapti.jpg
    ६ राजनीतिक दलले जारी गरेकाे अपिल

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology