Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मन्त्री श्रेष्ठले आरोपीलाई छुटाएकोमा दलित आयोगको आपत्ति

मन्त्री श्रेष्ठले आरोपीलाई छुटाएकोमा दलित आयोगको आपत्ति

  • 886
    SHARES
  • मन्त्री श्रेष्ठले आरोपीलाई छुटाएकोमा दलित आयोगको आपत्ति

    काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेद गरेको आरोप लागेका घरधनीलाई छुटाएर सरकारी पदको दुरुपयोग गरेको भन्दै राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ । मन्त्री श्रेष्ठले महानगरीय प्रहरी वृत सिंहदरबारमा पुगेर घरबेटी सरस्वती प्रधानलाई छुटाएको भन्दै आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

    images

    प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको अवस्थामा मन्त्री श्रेष्ठले यस्तो हकर्त गर्नु आपत्तिजनक भएको आयोगको भनाइ छ । आरोपीलाई मनत्री श्रेष्ठले छुटाएर संविधानले प्रत्याभूत गरेको मानव अधिकार, कानुनी राज्य विभेद विरुद्धको हक र दलित अधिकारलाई चुनौती दिएको आयोगको भनाइ छ । 

    ‘मानव सभ्यता र विज्ञान प्रविधिको यो २१ औं शताब्दीमा पनि जातको कारणले कोठा भाडामा नदिनु गम्भीर जातीय भेदभाव हो,’ आयोगद्वारा जारी विज्ञप्ति उल्लेख छ, ‘संविधान र ऐन कानूनले दण्डनीय अपराध मानेको जातीय छुवाछुत तथा भेदभावको घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाहीको लागि यस आयोगबाट सम्बन्धित निकायमा लेखी पठाइसकेको छ ।’

    तनहुँ घर भई काठमाडौंमा सञ्चार क्षेत्रमा क्रियाशील रूपा सुनारलाई काठमाडौं बबरमहलकी घरधनी प्रधानले दलित भएको कारणले कोठा भाडा दिन नमानेको विषयप्रति पनि आयोगको ध्यानाकर्षण भएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आइतबार बबरमहलस्थित घरबाट पक्राउ गरेकी प्रधानलाई बुधबार मन्त्री श्रेष्ठले प्रहरी वृत्त पुगेर छुटाई सरकारी गाडीमा राखेर बाहिर ल्याएका थिए ।

    204222995_634416574627147_2011707225715411296_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology