Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

गृहमन्त्री पौडेलको निर्देशन- प्रहरी संगठनमा राजनीतिक प्रभाव पर्न नदिई परिणाममुखी काम गर्नूस्

गृहमन्त्री पौडेलको निर्देशन- प्रहरी संगठनमा राजनीतिक प्रभाव पर्न नदिई परिणाममुखी काम गर्नूस्

  • 1.0K
    SHARES
  • गृहमन्त्री पौडेलको निर्देशन- प्रहरी संगठनमा राजनीतिक प्रभाव पर्न नदिई परिणाममुखी काम गर्नूस्

    काठमाडौं । नवनियुक्त गृहमन्त्री विष्णु पौडेलले प्रहरी संगठनमा राजनीतिक प्रभाव पर्न नदिई परिणामुखी काम गर्न मातहत निकायलाई निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रीको समेत जिम्मेवारी पाएका पौडेलले शुक्रबार कार्यभार सम्हाल्दै सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका छन् ।

    images

    मातहत निकायले गर्ने कार्य सम्पादनमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताउँदै मन्त्री पौडेलले ती निकायलाई नतिजामुखी काम गर्नसमेत आग्रह गरे । ‘व्यक्तिगत हितको लागि कसैलाई पनि भेट नदिनूस् । अदालतमा भएका मुद्धा र राजनीतिक परिस्थितिको प्रभाव गृह प्रशासनमा पार्न नदिनुहोला । शान्ति, सुरक्षाको नियमित काममा केन्द्रित भई परिणाम देखिने गरी काम गर्नुहोला,’ मन्त्री पौडेलले भने ।

    हाल देशमा मनसुन सक्रिय रहेकाले वर्षाका कारण बाढी, पहिरो, कटान र डुबानजस्ता प्राकृतिक प्रकोपको सम्भावना देखिएको बताउँदै यस्ता विपद्को रोकथाम र उद्धारको काममा जुट्न सुरक्षा निकायका प्रमुखलाई निदेशन दिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्रीसमेत रहेका पौडेललाई गृहसहित अर्थ, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिँचाइ मन्त्रालय गरी ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology