वेबटिभी खबर
राजविराज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जारी भएको संविधानअनुसार संघीयता कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आज नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले देशमा संविधान कार्यान्वयनमा आएको आठ वर्ष बित्न लाग्दा पनि संघीयता अहिलेसम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए ।
संघीयता लागुभएको तर अहिलेसम्म प्रदेश सरकारसँग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएका कारण सरकार सञ्चालनमा समस्या आएको उनले बताए ।
नेता निधिले संघीयताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि सुरु भएको तर अहिलेसम्म कार्यान्वयन नभएकाप्रति चिन्ता व्यक्त गर्दै नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदबाब सिर्जना गरेर जनताको विश्वास जित्दै कांग्रेसप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
कांग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी चुनावमा एक्लै जानुपर्नेमा उनको जोड दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij